• होमपेज
  • पर्यटनको विकासमा सबैका हातेमालो जरुरी:पर्यटन मन्त्री बस्याल
Breaking News

पर्यटनको विकासमा सबैका हातेमालो जरुरी:पर्यटन मन्त्री बस्याल

पर्वत/गण्डकी प्रदेशका उद्योग तथा पर्यटन मन्त्री मित्रलाल बस्यालले गण्डकी प्रदेशमा पर्यटनको सम्भावना उच्च रहेकाले सबैको प्रयासमा पर्यटकिय विकास गर्नुपर्नेमा जोड दिनुभएको छ ।

पर्वतको भुकताङ्लेमा आयोजित बालमैत्री वडा घोषणा कार्यक्रममा बोल्दै मन्त्री बस्यालले पर्यटकिय पूर्वाधार र पर्यटकिय स्थलको पहिचान र विकासमा सबैको हातेमालो आवश्यक रहेको बताउनुभयो । उहाँले स्थानीय समुदायले पर्यटकिय विकासमा गरेका कामहरुमा गण्डकी प्रदेश सरकारले सहकार्य गरेर जाने बताउनुभयो ।

विज्ञापन

मन्त्री बस्यालले बालबालिकाहरुको सर्वाङ्गिण विकासका लागि उनीहरुको क्षमता र दक्षता अभिबृद्धीमा राज्यका निकायले टेवा दिनुपर्नेमा समेत जोड दिनुभयो । बस्यालले वडा बालमैत्री बन्नु खुसीको कुरा भएको बताउँदै यसको निरन्तरताका लागि वडावासीहरूमा अनुरोध गर्नुभयो । वडामा बाल प्रोफाइल तयार, बाल लगानी योजना तयार, बाल क्लब भेला, वडा स्तरीय बालमैत्री कमिटी र बालबालिकाहरूलाई क्षमता अभिवृद्धि गराउने कामहरू गरिएकोमा खुसी भएको बताउँदै उहाँले यी कामले पनि वडालाई बालमैत्री घोषणा गर्न महत्त्वपूर्ण सहयोग पुगेको धारणा राख्नुभयो ।

पर्वतको मोदी गाउँपालिका–१ भूकताङ्लेलाई बालमैत्री वडाको रूपमा घोषणा गरिएको छ । बालमैत्री वडाका लागि ५१ सूचकको निर्माण र त्यसको कार्यान्वयन पक्षमा लागू हुनुका साथै ती सूचकहरूलाई आगामी दिनमा पनि कार्यान्वयन गर्ने गरी बालमैत्री वडा घोषणा गरिएको हो ।

बालमैत्री वडाका लागि बालबालिकाहरूसँग सम्बन्धित आवश्यक ५१ ओटा सूचकहरूको निर्माण र कार्यान्वयन गर्नु पर्ने हुन्छ । वडाध्यक्ष टेक बहादुर गुरुङले आवश्यक काम कार्यवाही पुरा गरेकोले वडालाई बालमैत्री वडा घोषणा गरिएको बताउनुभयो ।

६० औँ राष्ट्रिय बाल दिवसको सन्दर्भमा ’बाल अधिकार, बालमैत्री शासन बाल मैत्री पालिका निर्माण हाम्रो अभियान’ अन्तर्गत कार्यक्रमको आयोजना भएको हो । गाउँपालिकाकी अध्यक्ष हिरादेवी शर्माको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारीहरू सहित सरोकारवालाहरूको पनि सहभागिता रहेको थियो ।

वडालाई बालमैत्री घोषणा गर्नु पूर्व जिल्ला समन्वय समिति, मोदी गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष, जिल्ला समन्वय अधिकारी, शिक्षा समन्वय इकाईका प्रमुख, मोदी गाउँपालिकाका शिक्षा अधिकृत, उद्योग वाणिज्य सङ्घ पर्वतका अध्यक्ष, डिमुवा प्रहरी चौकी, पत्रकार महासङ्घ लगायतको टोलीले अनुगमन गरेको थियो ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै