• होमपेज
  • सात महिना अगाबै लिदिखोलामा मोटरेबल पुल निर्माण
गण्डकी प्रदेश

सात महिना अगाबै लिदिखोलामा मोटरेबल पुल निर्माण

पर्वत – पर्वतको मोदी गाउँपालिका वडा नं. ६ तिलाहारमा रहेको लिदिखोलामा मोटरेबल पुल निर्माण कार्य सम्पन्न भएको छ ।
डिमुवा-राम्जा चित्रे सडक खण्डमा पर्ने लिदिखोला मोटरेबल पुल निर्धारित मिति भन्दा सात महिना अगावै सम्पन्न भएको हो । १८ महिनामा निर्माण कार्य सम्पन्न गर्ने गरी २०८० साल असोज २२ गते सम्झौता भएको पुल सात महिना अगावै सम्पन्न भएको पुर्वाधार विकास कार्यालय पर्वतले जनाएको छ ।

मोदी गाउँपालिको वडा नंं. ६ र ८ को सिमानामा रहेको लिदिखोलामा सिंगल स्पानको १५ मिटर लामो मोटरेबल पुल निर्माण गरिएको हो । दुई करोड ५३ लाख रुपैयाको लागतमा निर्माण सम्पन्न भएको पुल निर्माणको जिम्मा कस्तुरी कन्ट्रक्सन पर्वतले पाएको थियो । यो पुलको भारबहन क्षमता ७० टन रहेको छ ।

विज्ञापन

अनुकुल मौसम, पर्याप्त जनशक्ति, निर्माण सामाग्रीको सहज उपलब्धता र स्थानीयवासीवाट सहज वातावरण निर्माण भएकाले निर्धारित समय भन्दा ६ महिना अगावै पुल सम्पन्न गर्न सफल भएको निर्माण व्यावसायी चेतनारायण आचार्यले जानकारी दिए । उनका अनुसार पुल निर्माण सम्झौता भने आगामी फागुन महिना सम्म रहेको थियो ।

यो पुल निर्माण पछि मोदी गाउँपालिकाको वडा नं. ७ राम्जा, वडा नं. ८ चित्रे तथा कुश्मा नगरपालिका वडा नं. १४ आर्थरडाँडाखर्कका बासिन्दा लाभान्वित भएका छन् । पुल निर्माण सम्पन्न भएर सवारीसाधन समेत संचालन हुन थालिसकेको पुर्वाधार विकास कार्यालय पर्वतका इन्जिनियर जिता गिरीले जानकारी दिए ।

विगतका वर्षहरुमा वर्षायामको बेला खोलावाट वारपार गर्न नसकेर यातायात सुविधावाटै बञ्चित हुने गरेका त्यस क्षेत्रका बासिन्दाहरु यस वर्षदेखि सहज रुपमा आवतजावत गर्न पाएको कार्यालयले जनाएको छ । अब जस्तोसुकै मौसम भएपनि यातायातको सुविधावाट बञ्चित हुन नपर्ने इन्जिनियर गिरीले बताए ।

स्थानीय सडक पुल कार्यक्रम एलआरविपि र प्रादेशिक सडक पुल सहयोग इकाई पिआरवि एसयुको प्राबिधिक सहयोगमा पुल निर्माण गरिएको हो । स्थानीयवासीको राम्रो साथ र निर्माण ब्यवसायीको अग्रसरताका कारण सम्पन्न गर्नुपर्ने मिति भन्दा सात महिना अघि नै सम्पन्न भएको कार्यालयले जनाएको छ ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै