• होमपेज
  • अवैध बालुवा उत्खनन गर्ने ट्रिपर र स्काभेटर कारवाहीमा
Breaking News

अवैध बालुवा उत्खनन गर्ने ट्रिपर र स्काभेटर कारवाहीमा

सिन्धुपाल्चोक । वर्षायामका समयमा इन्द्रावती, भोटेकोशी नदीबाट अवैध रुपमा बालुवा उत्खनन् गरिरहेका स्काभेटर, ट्रिपर, आइचरलाई जिल्ला समन्वय समिति सिन्धुपाल्चोकले जरिवानाका साथ कारवाही गरेको छ ।

जिल्ला समन्वय समितिका प्रमुख बालकृष्ण श्रेष्ठले नदीबाट अवैध बालुवा उत्खनन र ढुवानी गरी लैजाँदै गरिरहेका ट्रिपर र नियमविपरीत सडकमा पानी चुहाउँदै ढुवानी गरिरहेका गाडीहरुलाई नियन्त्रणमा लिई नियमानुसार कारवाही गरिएको जानकारी दिनुभयो ।

विज्ञापन

चौतारा साँगाचोकगढी नगरपालिका–११ मा इन्द्रावती नदीबाट अवैध बालुवा काभ्रेतर्फ लैजाँदै गरेका ट्रिपर र आइचरलाई जिल्ला प्रहरी कार्यालयको गस्तीले नियन्त्रणमा लिएको थियो । बा ५ ख ३३२८, बा ५ ख ४९९७, बा ४ ख ६६१७, बा ४ ख ७३३६, बा ४ ख ५१३ र बा प्र ०१–००६ ख ३१९५ नम्बरको ट्रिपर र आइचरलाई नियन्त्रण लिइएको हो । प्रति ट्रिपर ३० हजारका दरले र आइचर गाडीलाई २० हजारका दरले जरिवाना लिएको प्रमुख श्रेष्ठले बताउनुभयो ।

यसैगरी, साउन १४ गते चौतारा साँगाचोकगढी नगरपालिका–११ स्थित इन्द्रावती नदीबाट अवैध रुपमा बालुवा उत्खनन गरी ढुवानी गरिरहेका बा ५ ख ३११३, ञ प्र ००१–००४ क ३४१६, बा ३ ख ३४०४ र ञ प्र ००१–००६ ख १७९४ नम्बरको ट्रिपरलाई प्रति ट्रिपर ३० हजारका दरले जरिवाना गराइएको उहाँले जानकारी दिनुभयो ।

सोकी दिन अवैध रुपमा बालुवा उत्खनन गरी सडकमा नियम विपरीत पानी चुहाउँदै ढुवानी गरिरहेका बा ४ ख २८६, बा ४ ख ६९७१ नम्बरका ट्रिपरलाई १० हजारका दरले जरिवाना लिई समन्वय समितिले कारवाही गरेको छ । त्यस्तै, बा ४ ख ६०७२ र बा ४ ख ९४४० नम्बरको ट्रिपरलाई पनि १०÷१० हजार जरिवाना लिई कारवाही गरिएको छ ।

साउन ४ गते बाह्रबिसे नगरपालिका–६ बसेरीस्थित भोटेकोशी नदीमा नम्बर नखुलेको स्काभेटर र बा प्र ०३–०१–०६ ख १६८७ नम्बरको ट्रिपरलाई कारवाही गरिएको छ । स्काभेटरलाई एक लाख र ट्रिपरलाई ३० हजार जरिवाना गरिएको प्रमुख श्रेष्ठले बताउनुभएको छ ।

जिल्ला प्रहरी कार्यालयले खटाएको प्रहरी गस्ती टोलीले स्काभेटर, ट्रिपर, आइचार नियन्त्रणमा लिई कारवाहीका लागि जिल्ला समन्वय समिति पठाएको जिल्ला प्रहरी कार्यालयका प्रमुख सन्तोष खड्काले बताउनुभयो । जिससले जरिवाना लिई ट्रिपर, स्काभेटर, आइचर छाडेको छ । वर्षायाममा नदीमा अवैध रुपमा नदीजन्य पदार्थ उत्खनन र ढुवानी प्रतिबन्ध छ ।

अवैध रुपमा नदीजन्य पदार्थ उत्खनन, बेचबिखन, चोरी निकासी, ढुवानी नगर्न प्रमुख श्रेष्ठले बताउनुभएको छ । अवैध उत्खननले बस्ती, घर, जमिन जोखिममा पर्ने गरेको छ ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै