• होमपेज
  • उपभोक्ता समितिसँग रकम असुल्दै सामाजिक बिकास कार्यालय पर्वतका प्रमुख….
गण्डकी प्रदेश

उपभोक्ता समितिसँग रकम असुल्दै सामाजिक बिकास कार्यालय पर्वतका प्रमुख….

पर्वत/सामाजिक विकास कार्यालय पर्वतका प्रमुख टंकप्रसाद ढकालले कार्यक्रम पिच्छे पैसा माग्न थालेको खुल्न आएको छ । पहिलो पटक कार्यालय प्रमुखका रुपमा पर्वतको सामाजिक विकास कार्यालय आएका ढकालले उपभोक्ता समितिदेखि सञ्चारमाध्यममा कार्यक्रम सम्झौता गरेवापतसम्म खुलमखुल्ला घुस मागेको पुष्टि भएको समाचार सारथि न्युज डटकमले लेखेको छ ।

आर्थिक बर्ष ०८०÷०८१ मा कार्यक्रमबापत तालिम, गोष्ठी लगायतका कार्यक्रममा फर्जी बिल हालेर भुक्तानी गरेको आरोप लागेका बेला कार्यालय प्रमुख ढकालले आर्थिक बर्ष ०८०÷०८१ मा बिद्यालयको मर्मतसंभारमा आएको रकममध्ये ब्यवस्थापन समितिसंग खुलमखुल्ला रकम मागेका हुन । ‘हाम्रो प्राविधिक पठाउदा खर्च भएको छ, इन्धनबापत रकम दिनुस्’ आर्थिक बर्ष सकिएपछि यही साउन १ गतेदेखि नियमित रुपमा केही विद्यालय ब्यवस्थापन समितिलाई फोन गर्दै रकम मागेको रेकर्ड सारथीन्युज अनलाइनलाई प्राप्त भएको छ ।

विज्ञापन

मर्मत योजनाको बारेमा प्राविधिक पठाउँदा कुनै खर्च लाग्ने बिषयमा केही नभनेपनि आर्थिक बर्ष सकिएपछि रकम माग्नु संकास्पद भएर रेकर्डसहित मिडियामा आएको एक विद्यालय ब्यवस्थापन समितिका अध्यक्षले बताए । ‘प्राविधिक पठाउँदा खर्च भएको इन्धनको पैसा दिनुस् भनेर फोन आयो’ फोन रेकर्ड सुनाउदै ती विद्यालय ब्यवस्थापन समितिका अध्यक्षले भने–‘खर्च लाग्ने भए पहिल्यै भन्नुपथ्र्यो, किन आर्थिक बर्ष सकिएपछि फोन गरेर पैसा मागियो, यो त सिधै घु्स होइन त ? आफ्नो कार्यालयका इन्जिनियरलाई परिचालन गरेको निहुँ पारेर सामाजिक कार्यालयका प्रमुख ढकालले साउन १ गतेपछि ब्यवस्थापन समितिका पदाधिकारीसँग इन्धनको नाममा रकम मागेका हुन ।

गण्डकी प्रदेश सरकारले आर्थिक बर्ष ०८०÷०८१ मा प्रदेश मन्त्रालयबाटै भुक्तानी गर्नेगरी प्रदेशका ११ वटै जिल्लाका बिद्यालयलाई मर्मतबापत रकम बिनियोजन गरेको थियो । त्यसअन्तर्गत मर्मत भएका पर्वतका केही बिद्यालय ब्यवस्थापन समितिका पदाधिकारीसँग सामाजिक कार्यालय पर्वतका प्रमुख ढकालले पैसा मागेका हुन ।

यस बिषयमा कार्यालय प्रमुख ढकालले घुस रकम मागेको स्वीकार गरेका छन् । सुरुमा मैलै कसैसंग रकमको बिषयमा केही कुरा गरेका छैन भनेका ढकालले अन्तिममा तपाई हामी एउटै भन्दै भेटेर सल्लाह गरौला भन्ने जवाफ दिएका छन् । ‘एक जनासंग फोन गरेको साँचो हो’ उनले भने–‘तपाई हामी एउटै मान्छे हो बसेर सल्लाह गरौला ।’

यसैगरी ढकालले कुश्माबजारको एक रेडियोसंग पनि १८ हजार रुपैयाँ घुस मागेको पुष्टि भएको छ । ‘४७ हजारको कार्यक्रम दिएर सम्झौता गरियो, पैसा नदिएसम्म त्यो रकम भुक्तानी दिन अबरोध आयो’ उक्त रेडियोका स्टेशन म्यानेजरले भने–‘पैसा दिन्छौ भनेर भुक्तानी लियौ तर पैसा मागेर पछि लागिरहनुभएको छ ।’ ढकालले भने कार्यक्रम उत्पादन गरेबापतको रकम मागेको दाबी गरे । ‘रेडियोलाई कार्यक्रम चलाउन दिदा सम्झौता गर्नुभयो, तपाईले १८ हजार पाउने सम्झौता खै ?’ ढकालले आफ्ना मान्छे भेटेर कुरा गरौला भने ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै