• होमपेज
  • फलेवास नगरपालिकाको १४ औँ नगरसभा सम्पन्न
Breaking News

फलेवास नगरपालिकाको १४ औँ नगरसभा सम्पन्न

पर्वत । पर्वतको फलेवास नगरपालिकाको १४ औँ नगरसभा सम्पन्न भएको छ । नगरपालिकाको सभाहलमा आयोजित नगरसभाले संशोधित आय व्यय पारित गरेको हो ।

नगर प्रमुख गंगाधर तिवारीको सभापतित्वमा सम्पन्न नगर सभा तथा हिउँदे अधिवेशनमा नगर उपप्रमुख शोभा कुमारी क्षेत्रीले प्रस्तुत गर्नुभएको चालु आर्थिक वर्ष २०८० र ०८१ को प्रतिवेदनमाथि छलफल गरी सभाबाट पारित गरिएको छ ।

विज्ञापन

हिउँदे अधिवेशन मार्फत संसोधित आय व्ययलाई पारित गर्नुपर्नेमा जनप्रतिनिधिहरु बीच विवाद हुँदा नगरपालिकाले अधिवेशन गर्न सकेको थिएन् । कतिपय आयोजनाहरुमा बजेट अपुग भएको र योजनाको भुक्तानी समेत अधिवेशन नहुँदा रोकिएको थियो ।

अनुमानित बजेट उपर माघ महिना भित्र स्थानीय तहले संशोधनको प्रस्ताव पारित गर्नुपर्ने प्रावधान छ ।

नगरपालिकाले आर्थिक बर्ष २०८१र०८२ को नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गर्न असार ९ गते १५ औँ नगर सभा आयोजना गरेको छ ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै