• होमपेज
  • सेवाप्रवाह, पारदर्शिता र सुशासनमा जोड दिन्छु: प्रजिअ शर्मा
गण्डकी प्रदेश

सेवाप्रवाह, पारदर्शिता र सुशासनमा जोड दिन्छु: प्रजिअ शर्मा

पर्वत : पर्वतमा नवआगन्तुक प्रमुख जिल्ला अधिकारी केदारनाथ शर्माले सरकारी कार्यालयहरुको सेवा प्रवाहलाई चुस्त दुरुस्त बनाउदै सुशासन कायम गर्नमा आफुले जोड दिने बताउनुभएको छ ।

पर्वतमा सरुवा भएर आएपछि पहिलोपटक जिल्लाका क्रियाशिल संचारकर्मीसँगको अन्तरक्रियामा कुनैपनि नागरिकले जिल्लाका कार्यालयहरुवाट विना झन्झट र द्रुत गतिमा सेवा लिनेगरी व्यवस्थापन गर्ने बताउनुभयो । कुनै दबाब र पहुँचको आधारमा काम नगर्ने प्रतिवद्धता व्यक्त गर्दै बढि भिडभाड हुने कार्यालयमा टोकन सिष्टम लागु गर्ने बताउनुभयो ।

विज्ञापन

प्रशासनिक सुधारका लागि आफुले ठोस कार्ययोजना बनाएको र सोहि अनुसार अघि बढ्ने बताउनुभयो । संघीय सरकारको आधिकारीक प्रतिनिधि भएकाले पनि जिल्लाका समग्र क्षेत्रको विकासलाई प्राथमिकतामा राखेर काम गर्ने उहाँको भनाई छ ।

गृह मन्त्रालयले तोकेको जिम्मेवारी र प्रचलित ऐन कानूनको आधारमा आफुले सेवा प्रवाह गर्ने भएकाले नागरिकले कसरी सहजताको महसुस गर्छन सोहि अनुरुपको सेवा प्रवाह गर्न मातहतका सवै निकाय र कर्मचारीलाई निर्देशन गरेको बताउनुभयो ।

सो अवसरमा सहभागि पत्रकारहरुले जिल्लाको समसामयिक अवस्थाको बारेमा जानकारी गराउँदै प्रजिअ ले खाली सरकारी जागिर मात्र नभनि दायित्व बोध समेत गर्न आग्रह गरेका छन् । जिल्लामा बढ्दै गएको भ्रष्टचार, अनियमितता, अपारदर्शिता, विकास निर्माणका काममा ढिलासुस्ती, कमजोर सुरक्षा प्रशासन र विकास निर्माणमा भैरहेको ढिलासुस्ती जस्ता कुरालाई सुधार गर्न सुझाव दिएका थिए ।

सहायक प्रमुख जिल्ला अधिकारी गणेश पौडेल, पत्रकार महासंघ पर्वतका अध्यक्ष सन्तोष थापा लगायतका सञ्चारकर्मीहरुले बोल्नुभएको थियो ।

यसैबीच प्रजिअ शर्मालाई पर्वत उद्योग बाणिज्य संघले पनि बुधवारनै स्वागत गरेको छ । प्रजिअ शर्मालाई उद्योग बाणिज्य संघका अध्यक्ष ठाकुरवि पौडेलले माला र टोली लगाएर स्वागत गनुभएको हो । सो अवसरमा प्रजिअ शर्माले उच्च मनोबलका साथ ढुक्क भएर व्यापार व्यावसाय गर्न आग्रह गर्नुभयो । व्यापार व्यावसाय गर्नका लागि सुरक्षाको कुनै कमी हुन नदिने भन्दै प्रशासन र उद्योग बाणिज्य संघबीच आपसी सहकार्य गरेर अघि बढ्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा नवनिर्वाचित नेकपा एमाले पर्वतका अध्यक्ष गोविन्द पहाडीलाई बधाई ज्ञापन गरिएको थियो । पहाडीले जिल्लाको समग्र विकासका लागि सरकारी निकाय, निजि क्षेत्र र राजनीति दलहरुबीच आपसी समन्वय र सहकार्य गरेर अघि बढ्नुपर्नेमा जोड दिनुभयो । सो अवसरमा संघका अध्यक्ष ठाकुरवि पौडेलले संघका कार्यहरुसँगै जिल्लाको समग्र अवस्थाका बारेमा जानकारी गराउनुभएको थियो ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै