• होमपेज
  • गण्डकीका मुख्यमन्त्रीविरुद्धको मुद्दा ‘हेर्दाहेर्दै’मा
Breaking News

गण्डकीका मुख्यमन्त्रीविरुद्धको मुद्दा ‘हेर्दाहेर्दै’मा

काठमाडौँ। गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीविरुद्ध दायर रिट ‘हेर्दाहेर्दै’मा राखिएको छ । मङ्गलबार सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मी र सुनिलकुमार पोखरेलको संयुक्त इजलासले उक्त रिट ‘हेर्दाहेर्दै’ मा राखेको हो ।

नेपाली कांग्रेस संसदीय दलका नेता सुरेन्द्र पाण्डेले मुख्यमन्त्री अधिकारीले लिएको विश्वासको मतमा प्रश्न उठाउनुहुँदै सर्वोच्चमा रिट दायर गर्नुभएको थियो ।

विज्ञापन

नेता पाण्डेले विश्वासको मत लिन सभामुखको दुरुपयोग भएको र कुल ६० सदस्यीय प्रदेश सभामा ३० जनाको मतलाई बहुमत मानिएको भन्दै रिट दायर गर्नुभएको हो ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook