आइतबार बिहानदेखि बेपत्ता भएको तारा एअरको ट्विनेटर विमान मुस्ताङको थासाङ गाउँ पालिकाअन्तर्गत कोबाङ गाउँको माथी सानुसरे भन्ने स्थानमा क्षत विच्छेद अवस्थामा फेला परेको छ ।
नेपाली सेनाका प्रवक्ता सहायक रथी नारायण सिलवालले जहाज सोमवार बिहान मुस्ताङको थसाङ गाउँपालिका-२ मा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको जनाएका छन्।
विज्ञापन
आइतवार बिहान ९ः५५ बजे उडेको तारा एअरको ‘९एन-एईटी’ जहाज सम्पर्कविहीन भएको थियो। जहाजमा तीन जना चालक दलका सदस्य तथा १९ जना यात्रु छन्। जसमा ६ जना विदेशी रहेका छन्।
फेसबुक प्रतिक्रियाहरु