काठमाडौं । काठमाडौं महानगर सहित केही ठूला शहरमा स्वतन्त्र उम्मेदवारले प्रारम्भिक अग्रता लिएका छन् । काठमाडौं महानगर, धरान उपमहानगर, धनगढी उपमहानगर, जनकपुर उपमहानगर, धुलिखेललगायत नगरपालिकामा स्वतन्त्र उम्मेदवारले अग्रता लिएका छन् ।
राजधानी उपत्यका रहेको काठमाडौंको प्रारम्भिक नतिजा अनुसार स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले अग्रता लिएका छन् । साहले १५७ मत ल्याउँदा नेकपा एमालेका केशव स्थापितले १०९ र नेपाली कांग्रेसका सिर्जना श्रेष्ठले ९७ मत ल्याएकी छन् ।१०० मत नै गणना हुँदा धरान उपमहानगर पालिकामा स्वतन्त्र उम्मेदवार हर्क साम्पाङले अग्रता लिएका छन् । उनले ३३ मत ल्याउँदा नेपाली कांग्रेसका किशोर राईले ३१, नेकपा एमालेकी मञ्जु भण्डारीले १६ र राप्रपाका नरेश शाक्यले ३ मत पाएका छन् ।
विज्ञापन



फेसबुक प्रतिक्रियाहरु