काठमाडौं । प्रतिनिधि सभाको बैठक बुधबार बस्दै छ । सभामुख अग्निप्रसाद सापकोटाले बुधबार बिहान ११ बजे बैठक बोलाएका हुन् ।
बैठकका लागि सम्भावित कार्यसूची सार्वजनिक भएको छ । संसद् सचिवालयले भोलिको बैठकका लागि सम्भावित कार्यसूची सार्वजनिक गरेको हो ।
विज्ञापन
आगामी बैठकमा एमसीसी टेबल गरिने र्चाचा चलेपनि सम्भावित कार्यसूचीमा भने अनुमोदनका लागि टेबल गर्ने प्रस्ताव छैन । कार्य व्यवस्थाको बैठकपछि उक्त विषय कार्यसूचिमा समावेश गर्ने वा नगर्ने निर्णय हुने संसद सचिवालयले जनाएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा संसद बैठक राखेर एमसीसी टेवुल गर्ने तयारीमा रहेका छन् ।
फेसबुक प्रतिक्रियाहरु