• होमपेज
  • माधव समूहको केन्द्रीय कमिटी बैठक बस्दै : सरकारमा जानेबारे के गर्ला निर्णय ?
Breaking News

माधव समूहको केन्द्रीय कमिटी बैठक बस्दै : सरकारमा जानेबारे के गर्ला निर्णय ?

काठमाडौं : नेकपा एमालेको माधव-झलनाथ समूहको केन्द्रीय कमिटीको बैठक बिहीबार बस्दैछ। संसद् पुनस्थापना र शेरबहादुर देउवा नेतृत्वमा सरकार बनेपछि माधव समूहले केन्द्रीय बैठक बिहीबार ११ बजे आह्वान गरेको हो।

केन्द्रीय कमिटीको बैठकबाट माधव समूहको औपचारिक निर्णय गरेपछि कांग्रेस सभापति शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तारलाई पूर्णता दिने तयारी गरेका छन्। देउवा सरकारमा जाने नजाने, पार्टी एकता गर्ने नगर्ने विषयमा माधव समूहका नेताहरुबीच मतभेद रहेको छ। यसअघि बुधबारका लागि बैठक बोलाइए पनि नेताहरु काठमाडौं बाहिरका रहेकाले आजलाई सारिएको हो।

विज्ञापन

नेकपा एमालेले माधव समूहलाई पार्टीको बैठक नगर्न चेतावनी दिएको छ। केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले अनधिकृत गतिविधिमा सरिक हुने विषय संविधान, प्रचलित कानुन र पार्टी विधान विपरित कार्य नगर्न अपिल गरेका छन्। बुधबार विज्ञप्ति जारी गरी यही साउन २१ गते पार्टीको कुनै आधिकारिक बैठक नभएको उनले बताए। प्रेस वक्तव्यमा भनिएको छ, ‘पटक पटक एमालेको नामबाट अनधिकृत गतिविधि गर्ने र सो गतिविधिमा सरिक हुने विषय संविधान, प्रचलित कानुन र पार्टी विधान विपरित हुने भएकाले सो गतिविधिमा नलाग्न पार्टी कार्याकर्ताहरुमा अपिल गर्दछ।’

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै