• होमपेज
  • पर्वतका प्रहरी प्रमुख बुढाथोकीले भने– कालीगण्डकी दोहनलाई कानून अनुसार कारवाही गर्छु
गण्डकी प्रदेश

पर्वतका प्रहरी प्रमुख बुढाथोकीले भने– कालीगण्डकी दोहनलाई कानून अनुसार कारवाही गर्छु

भर्खरै मात्र जिल्ला प्रहरी कार्यालय पर्वतको प्रमुखको रुपमा सरुवा भएर आएका प्रहरी नायब उपरिक्षक (डिएसपी) शिबराज बुढाथोकीले पर्वत जिल्लामा विवादित विषयको रुपमा रहेको कालीगण्डकी दोहनलाई राज्यले दिएको अधिकार अनुसार कारवाही गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

आईतबार आयोजित सञ्चारकमीहरुसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै बुढाथोकीले कालीगण्डकी नदी दोहनका कारण प्रहरीलाई समेत विवादमा मुच्ने गरेकाले विवाद रहित ढंगले काम गर्ने बताउनुभयो ।

विज्ञापन

उहाँले स्थानीय स्रोतको प्रयोग र कारवाहीको अधिकार स्थानीय तहलाई नै दिएकाले दोहन रोक्नका लागि पहल गर्ने र स्थानीय तहसँग समन्वयमा अगाडी बढ्ने जानकारी दिनुभयो । उहाँले आँफू आएदेखि नै नियमित गस्ती गरि दोहन कार्यलाई निरुत्साहित गरेको बताउनुभयो । हामीले कानून विपरित गर्नेलाई पक्राउ गर्ने हो कारवाहीका लागि स्थानीय तहलाई पठाउँछौं उहाँले भन्नुभयो ।

डिएसपी बुढाथोकीले जिल्लामा अमनचयन कायम गर्ने कार्यमा सबै क्षेत्रसँगको समन्वयमा अगाडी बढ्ने जनाउनुभयो । प्रहरी एक्लैले केही गर्न सक्दैन सबै क्षेत्रको सहयोग भएमा मात्र समाजमा शान्ति सुरक्षा र अमनचयनमा सहयोग पुग्छ उहाँले भन्नुभयो ।

पछिल्लो समय जिल्ला ग्रामीण भेगमा भएका चोरी डकैती नियन्त्रणका लागि प्रहरीले विभिन्न टोली परिचालन गरेको जानकारी दिनुभयो । कुस्मा नगरपालिकाको वडा नं १४ आर्थर, १३ खौला र फलेबास नगरपालिकाको वडा नं २ थापाठानामा एक हप्ताको बिचमा श्रुृङ्गखलाबद्ध चोरी भैरहेकोेछ । त्यसका लागि जिल्ला र गण्डकी प्रदेश प्रहरी कार्यालयबाट प्राबिधीक समेतको टोली परिचालन गरेर अनुसन्धान र खोजी भैरहेको छ उहाँले भन्नुभयो ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै