 
		 
             
		काठमाडौँ– कोरोना भाइरसका कारण स्थगित भएको कक्षा १२ को परीक्षा साउन ३१ गतेदेखि हुने भएको छ।
राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलको अध्यक्षता मंगलबार बसेको बैठकले साउन ३१ गतेदेखि परीक्षा सञ्चालन गर्ने निर्णय गरेको हो।
विज्ञापन
 
		 
		 
		विद्यार्थीहरुले आफ्नै विद्यालय वा होम सेन्टरबाटै परीक्षा दिन पाउने बोर्डले निर्णय गरेको छ।
यसअघि गत जेठ २६ गतेका लागि कक्षा १२ को परीक्षा मिति तय गरिएको थियो। कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि परीक्षा स्थगित भएको हो।
 
		 
		 
		
फेसबुक प्रतिक्रियाहरु