पोखरा । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त हुनुभएकाे छ ।
प्रदेश प्रमुख सीताकुमारी पौडेलले संविधानको धारा १६८ उपधारा ५ अनुसार उहाँलाई शनिबार मुख्यमन्त्रीमा नियुक्त गर्नुभएकाे हाे । मुख्यमन्त्री पोखरेलले आजै छरितो मन्त्रीमण्डल बनाएर सपथ ग्रहण गर्नुहुने भएकाे छ ।
विज्ञापन
वैशाख २९ मा दोस्रोपटक मुख्यमन्त्रीमा नियुक्त मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले संसदबाट विश्वासको मत नपाएपछि प्रदेश प्रमुख पौडेलले वैकल्पिक सरकार गठनका लागि शनिनबार दिउँसो ३ बजेसम्मको समय राखेर दाबी पेस गर्न आग्रह गर्नुभएकाे थियाे ।
साेहीअनुसार शुक्रबार ५ बजे नै विपक्षी गठवन्धनका ३१ जना सांसद सशरीर उपस्थित भएर प्रदेश प्रमुखलाई हस्ताक्षर बुझाएका थिए ।
७१ वर्षे पोखरेल प्रदेश सभा सदस्यमा पूर्वी नवलपरासी १ (क) बाट विजयी हुनुभएकाे हाे । उहाँले एमाले माओवादी गठबन्धनका उम्मेदवार सूर्यप्रसाद न्यौपानेलाई ३ सय ८२ मतले पराजित गर्नुभएकाे हाे । प्रदेश सभामा प्रत्यक्ष र समानुपातिक गरी कांग्रेसका १५ सांसद छन् ।
फेसबुक प्रतिक्रियाहरु