प्रधानमन्त्री केपी शर्मा ओलीले संसदबाट विश्वासको मत प्राप्त नगरी नयाँ सरकार गठनको लागि मार्ग प्रशस्त गरेपछि राष्ट्रपतिले नयाँ सरकार गठनको लागि भोलिसम्मको म्याद तोकेकी हुन् ।
विज्ञापन
 
		 
		 
		‘नेपालको संविधानको धारा ७६ (५) बमोजिम प्रधानमन्त्री नियुक्ति सम्बन्धी प्रक्रिया आरम्भ गर्न नेपाल सरकार, मन्त्रिपरिषद्बाट मिति २०७८/०२/०६ मा निर्णय भउको र सो बमोजिम प्रधानमन्त्री नियुक्ति प्रक्रिया आरम्भ हुन सम्मानीय प्रधानमन्त्रीज्यूबाट अनुरोध भई आएकोले नेपालको संविधानको धारा (५) बमोजिम प्रधानमन्त्री नियुक्ति गर्ने प्रयोजनका लागि मिति २०७८ जेठ ७ गते साँझ ५ बजेसम्म प्रतिनिधि भामा विश्वासको मत प्राप्त गर्न सक्ने आधार प्रस्तुत गर्न नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम प्रतिनिधि सभाका सदस्यलाई आह्वान गर्नु भएको छ’ राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

 
                                   
		
 
		 
             
		

 
                         
                             
		                         
		                         
		                         
		                         
		                         
		                         
		                    



 
		                         
		                         
		                         
		                         
		                         
		                         
		                         
		                         
		                         
		                         
		                     
		                     
		                     
		                     
		                    
फेसबुक प्रतिक्रियाहरु