• होमपेज
  • शिलाजीतलाई किन भन्ने गरिन्छ जडीबुटीको राजा ?
स्वास्थ्य-जीवनशैली

शिलाजीतलाई किन भन्ने गरिन्छ जडीबुटीको राजा ?

काठमाडौं -नेपालका पहाडहरूमा पाइने जडीबुटीमा शिलाजीतको विशिष्ट स्थान छ । आयुर्वेदमा शिलाजीतको खुब प्रशंसा गरिएको छ र यसलाई जडीबुटीहरूको राजा मानिएको छ । बलपुष्टिकारक, ओजवर्धक, दौर्बल्यनाशक र पौष्टिक गुण शिलाजीतमा पाइन्छ ।

रोगीको रोग हटाउनका लागि मात्र नभई स्वस्थ व्यक्तिका लागि पनि शिलाजीतको बडो महत्व छ । यौन दौर्बल्य अर्थात् नपुंसकताबाट पीडित विवाहित व्यक्तिले मात्र नभई अविवाहित युवकले पनि यसको सेवन गर्दा लाभ पाउँछ ।

विज्ञापन

विशेषगरी मधुमेह, धातुक्षीणता, बहुमूत्र, स्वप्नदोष, शारीरक दुर्बलता लगायतका रोगहरू यसले निर्मूल बनाइदिन्छ । उचित समयमा उचित योगका साथ विधिपूर्वक शिलाजीतको प्रयोग गर्दा असाध्य मानिएका रोग पनि नष्ट हुन्छन् ।

शुद्ध शिलाजीत १० ग्राम, केशर दुई ग्राम, अम्बर दुई ग्राम मिसाएर मजाले घोटेर दुई दुई रत्तीको गोली बनाउनुस् । यसलाई बिहान बेलुका दूधसँग खानुस् । स्वप्नदोष आउन बन्द हुन्छ अनि शरीरमा बल र पुष्टि आउँछ ।

शीघ्रस्खलनका रोगी विवाहित पुरुषले यसको सेवन गर्दा समस्या समाधान हुन्छ । अमिलो कुरा नखाइकन कम्तीमा पनि ६० दिन यसरी शिलाजीत खानुपर्छ ।

आयुर्वेदका अनुसार शिलाजीतको उत्पत्ति पत्थरबाट भएको हो । संस्कृतमा पत्थरलाई शिला भनिन्छ । गर्मीको मौसममा पर्वतका चट्टानहरूबाट धातुको अंश पग्लेर चुहिन थाल्छ । यही चुहिएको पदार्थ शिलाजीत हो । हेर्दाखेरी यो अलकत्रा जस्तो कालो र गाढा देखिन्छ । सुकेपछि यो एकदम चमकिलो हुन्छ ।

यो तीतो, कसिएको र तातो हुन्छ । शिलाजीतको मुख्य उद्देश्य शरीरलाई बल दिएर स्वस्थ, शक्तिशाली र पुष्ट बनाउनु हो । शिलाजीत सुक्दाखेरी गोमूत्रजस्तो गन्ध आउँछ ।

यसको सेवनले सेक्स पावर मात्र बढ्ने नभई बुढ्यौलीका समस्या पनि समाधान हुन्छन् । शिलाजीत चार प्रकारका हुन्छन् : रजत, स्वर्ण, लौह र ताम्र । प्रत्येक प्रकारको शिलाजीतका गुण तथा लाभ पनि प्रकृति अनुसार नै हुन्छ ।

पित्त प्रकोप (एसिडिटी) वा अम्लपित्त (हाइपर एसिडटी)बाट पीडित रोगी, आँखा रातो हुने समस्या, पेटको अल्सर, शरीरको ताप, अंगमा जलन जस्ता समस्या भएका व्यक्तिले शिलाजीत सेवन गर्नु हुँदैन ।

शिलाजीतको सेवन गर्दा रातो खुर्सानी, तातो खाना र पेयपदार्थ, मसालेदार भोजन, मासु, अण्डा, रक्सी, माछा, मकै, सक्खर जस्ता खानेकुरा खानु हुँदैन ।

त्यस्तै राति जागा बस्ने, बिहान ढिलोसम्म सुत्ने, मलमूत्रको वेग रोक्ने अनि असाध्यै श्रम वा व्यायाम गने पनि गर्नु हुँदैन । बजारमा शिलाजितका नाममा जे पायो त्यही वस्तु पनि पाइन्छन् । आधिकारिक ठाउँबाट मात्र शिलाजीत किन्नु उपयुक्त हुन्छ । सिंहदरबार वैद्यखानामा पाइने शिलाजीत शुद्धताको कसीमा खरो उत्रिएकाले त्यहाँबाट किन्ने सल्लाह दिइन्छ ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार