पर्वत, असार २६ / पर्वतमा थप एक महिला सहित गण्डकीमा प्रदेशमा शुक्रबार १३ जना संक्रमित थपिएका छन । यो संगै पर्वतमा संक्रमितको संख्या ९१ पुगेको छ भने गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार १ सय ६२ पुगेको छ ।
क्षयरोग उपचार केन्द्र, पोखरामा गरिएको परिक्षणमा पर्वतको कुस्मा नगरपालिकाकी २५ बर्षिया महिलामा संक्रमण पुष्टि भएको हो । क्षयरोग केन्द्र र पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखरा गरिएको परिक्षणमा पर्वत सहित गण्डकी प्रदेशका ५ जिल्लामा १ महिलासहित १३ जनामा शुक्रबार बिहान संक्रमण पुष्टि भएको छ ।
विज्ञापन



प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार तनहुँको ब्यास नगरपालिकामा ३, भीमादमा ४ र बन्दीपुरका १ जनामा कोरोना पुष्टि भएको छ ।
बागलुङको गल्कोटमा १ जना, गोरखाको गोरखा नगरपालिका १ जना र नवलपुरको बौदीकाली गाउँपालिका २ जनामा कोरोना पुष्टि भएको छ ।
पुष्टि भएका सबैलाई सम्बन्धित जिल्लाहरुमा रहेका आईसोलेसन कक्षमा लैजाने तयारी भैरहेको छ ।
यसैगरी गण्डकी प्रदेशमा कोरोनको संक्रमणबाट निको हुनेको संख्या ६ सय ३३ पुगेको छ । हालसम्म प्रदेशमा कोरानो संक्रमणका कारण ३ जनाको मृत्यु भएको छ ।

फेसबुक प्रतिक्रियाहरु